Friday, September 3, 2010

For my Frn

दुनियामा सबभन्दा महत्वपूर्ण सम्बन्ध भनेको साथी हो। यसले हरेक मानिसको जीवनमा ठुलो भुमिका खेल्ने गर्दछ। यसले हाम्रो जीवनलार्इ नै एक सार्थक रूप दिने गर्दछ। राम्रा नराम्रा साथीले मानिसको जीवनमा अहम भुमिका खेल्ने गर्दछ। मानिसले मानिसलाइ मात्र नभएर जनावरहरूलाइ पनि साथी बनाउने गरेको छ। कहिल्यै काही नसोचेको ठाँउमा नचिनेको मानिस पनि साथी बन्न पुग्छ।
एक असल साथी त्यो हुन् जसले तपाइको हरेक समयमा साथ दिन्छ। उसले तपाइको भावनालाइ बुझेर त्यस अनुसार तपाइलाइ बाटो देखाउँदछ। राम्रो साथी कसरी पाउने, यसलाइ कसरी खोज्ने, धेरै मानिहरू सोच्ने गर्दछन। तर असल साथी जो कोही पनि हुन सक्छ, यसलाइ उमेर, लीगं, केहीले फरक पार्दैन।
तपाइपनि असल साथीको खोजीमा हनुहुन्छ भने आफ्नो वरपर ध्यान दिने गर्नुहोला। कसलाइ भेट्दा तपाइलाइ आनन्द आउछ,कसको कुराहरू तपाइ सुन्न रूचाउनु हुन्छ,कसको कूराले तपाइको दुखी मनमा पनि हाँसो ल्याउने गर्दछ। यसका लागी उक्त व्यक्ती तपाइकै उमेर,जाती,भाषी हुनुपर्दछ भन्ने छैन। साथी जो पनि हुन सक्दछ।